Connect with us
Kapilvast Forest

कपिलवस्तुमा जसपा नेपालले संविधान संशोधनको माग अघि सार्‍यो

२०८१, ३ आश्विन बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल — जनता समाजवादी पार्टी नेपालका कपिलवस्तु अध्यक्ष शैलोन्द्र कुमार यादवले संविधान संशोधनको माग गर्दै हालको संविधानलाई अधुरो र अपूर्ण रहेको बताउनुभएको छ ।

तौलिहवामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधानले सम्पूर्ण नेपाली नागरिकलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै संविधानको पुनर्लेखन र परिमार्जनको आवश्यकता औंल्याउनुभएको हो ।

यादवले भने, “हालको संविधानले जनताको अधिकारको प्रत्याभूति गराउन असफल भएको छ । यसलाई परिमार्जन नगरी समावेशी लोकतन्त्रको मर्म पुरा हुँदैन । संविधान सबै नेपालीको समान अधिकार सुनिश्चित गर्नुपर्छ ।”

कार्यक्रमका प्रमुख अतिथी, अब्दुल रसिदले पनि अध्यक्ष यादवको धारणा प्रति सहमति जनाउँदै संविधानमा संशोधनको आवश्यकतालाई बल दिनुभयो । उहाँले भन्नुभयो, “संविधान सबै नेपालीलाई सम्बोधन गर्ने गरी लेखिनुपर्छ । हालको संविधानले केही वर्ग र समुदायको हक अधिकारलाई सम्बोधन गर्न सकेको छैन, त्यसैले संशोधन आवश्यक छ ।”

उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि संविधान संशोधनको पक्षमा आफ्नो धारणा व्यक्त गरे । मनोज यादव, रिखिराम रैदास, जाहिद खान, र शिवलाल यादवले संविधानमा रहेका त्रुटिहरूलाई सुधार गर्दै समावेशी लोकतन्त्रलाई थप सशक्त बनाउनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा नेताहरूले संविधान संशोधनलाई आगामी दिनमा पार्टीको प्रमुख एजेण्डा बनाउने र यसलाई अघि बढाउन सबै तहका नेताहरूले काम गर्नुपर्ने आवश्यकता औंल्याए । यादवले आगामी दिनमा संविधान संशोधनको मागलाई अझ सशक्त रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको आवाजलाई संविधानमा समेट्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले संविधान संशोधनमा पार्टीको भूमिकालाई महत्त्वपूर्ण भन्दै, यसलाई राष्ट्रव्यापी एजेण्डा बनाउन जोड दिएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu