महासंघको स्थायी समिती सदस्यमा मिया चयन
न्युज सेन्टर नेपाल
नेपाल उद्योग बाणिज्य महासंघ (FNCCI) को आठौं कार्यकारिणी समितिको बैठकले महासघंका केन्द्रिय सदस्य जमशेर अलि मियालाई स्थायी समिती सदस्यको रूपमा चयन गरेको छ । महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले केन्द्रिय सदस्य मियाको नाम स्थायी समितीमा प्रस्ताव गर्नु भएको थियो ।
मिया सहित ११ जनाको स्थायी समितिले महासघंको तत्कालीन निर्णय गर्ने अधिकार रहेको हुदा यो समिती कार्यसमिती भन्दा महत्त्वपूर्ण मानिएको छ ।
कपिलवस्तु जिल्लाको चन्द्रौटामा निवासी जमशेर अलि मियाले उद्योग र व्यापारको क्षेत्रमा लामो अनुभव संकलन गर्नु भएको छ । मियाले स्थायी समिती सदस्यको रूपमा चयन गरेकोमा अध्यक्ष ढकाललाई धन्यवाद दिनु भएको छ ।
मियाले आफ्नो चयनलाई एक ठूलो उपलब्धिको रुपमा लिएको र उद्योग र व्यवसायको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
महासंघका स्रोतहरूले मियाको चयनले स्थायी समितीको कार्यक्षमता र प्रभावकारिता वृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
मियाले आगामी दिनहरूमा महासंघका योजनाहरू र परियोजनामा सक्रिय भूमिका खेल्ने बताइएको छ । जसले महासंघलाई आगामी चुनौतीहरूको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।
जमशेर अलि मियाले आफ्नो भूमिका प्रति गम्भीरता व्यक्त गर्दै, “यस जिम्मेवारीलाई निर्वाह गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनु भयो ।
मियाले भन्नू भयो” उद्योग र व्यापार क्षेत्रको विकासमा योगदान पुर्याउने प्रयासमा म निरन्तर लागिरहेको छु । ,”
मियाको चयनले नेपाल उद्योग बाणिज्य महासंघको स्थायी समितीलाई नयाँ उत्साह र ऊर्जा दिने विश्वास गरिएको छ ।