Connect with us
Kapilvast Forest

कपिलवस्तु क्रिकेट संघको साधारण सभा सम्पन्न

२०८१, ५ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तु क्रिकेट संघको साधारण सभा तौलिहवामा संपन्न गरिएको छ । सभाको ब्यानर पढेर उदघाटन गर्दै संघका लुम्बिनी प्रदेश अध्यक्ष संजय गुरुङले नेपालमा क्रिकेटको क्रेज निरन्तर बढदै गएको बताए ।

३० बर्ष पछि कपिलवस्तुको कुनै औपचारिक कार्यक्रममा सरिक हुन पाउदा आफुलाई निकै खुशी लागेको भन्दै कपिलवस्तुको क्रिकेटको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले क्रिकेटको विकासकालागि सबैले हातेमालो गर्नु पर्ने बताए । संघका सल्लाहकार दिनेश हमालले क्रिकेटकालागि जिल्लाका पालिका र प्रदेशले खासै सहयोग नगरेकोले क्रिकेटको आशा गरे अनुसार विकास हुन नसकेको बताए । उनले सबै पालिका र प्रदेशले क्रिकेटकालागि सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा संघका जिल्ला कोषाध्यक्ष पदमराज श्रेष्ठले संघको प्रगति र आर्थिक प्रतिबेदन पेश गरेका थिए । कार्यक्रममा संघका जिल्ला अध्यक्ष प्रकाश गैरले आफुहरुले बिगत लामो समय देखि खेलाडीहरुलाई अवसर प्रदान गरेको बताए । उनले कपिलवस्तुले क्रिकेटमा राम्रो नाम कमाएकाले यसको विकासकालागि आफु लागी पर्ने बताए ।

केही महिना मै संघले क्रिकेट प्रतियोगीता राख्ने तयारी अघि बढाएको बताए । संघका जिल्ला अध्यक्ष गैरेको अध्यक्षता, खग प्रसाद चापागाईको संचालन माया ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा जिल्ला खेलकुद बिकास समतिका अध्यक्ष राजेश उपाध्याय पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu