Connect with us
Kapilvast Forest

सामाजिक सङ्घसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्छ मन्त्री सुडी

२०८१, ६ आश्विन आईतवारमा प्रकाशित

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सङ्घसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्छ भन्नेमा जोड दिनुभएको छ ।

‘सुशासन र समृद्ध नेपाल, राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास, सङ्घसंस्थाको रोजाइ’ भन्ने नाराका साथ समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित ४५औँ सामाजिक सेवा दिवस समारोहमा उहाँले सामाजिक सङ्घसंस्था समाजप्रति उत्तरदायी हुनेहुँदा प्रभावकारी र पारदर्शी हुनुपर्ने बताउनुभयो ।

“समाजसेवीप्रति समाजको मर्यादा र प्रतिष्ठा विकसित हुन सकोस्, पछि परेका वर्गको हित, पछि परेको समुदायको कल्याणमा समाजसेवीको ध्यान जान सकोस्, तनमन लगाएर समाजमा पछाडि परेकाहरुको उत्थानमा सबै दत्तचित्त भएर सेवा गर्न सकौँ”, उहाँले भन्नुभयो ।

उहाँले समाजकल्याण परिषद्बाट हुने अनुगमन र मूल्याङ्कनलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

“समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्नेछ”, उहाँले भन्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu