जागिर लगाइदिने भन्दै रिर्साट लगेपछि…
उनले जागिर लगाइदिने प्रलोभनमा बलात्कार प्रयास गरेको पीडितको भनाइ छ । ढुंगानालाई सहयोग गरेको भन्दै प्रहरीले नेपालगञ्जका दुई युवतीलाई समेत काठमाडौंबाट पक्राउ गरेको छ । ललितपुर प्रहरी प्रवक्ता एसपी दुर्गा सिंहले उनीहरुलाई अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान अघि बढाउन लगिएको जानकारी दिनुभयो ।
ढुंगानाले बिहीबार कन्सल्टेन्सीमा जागिर मिलाइदिने भन्दै ती युवतीलाई बानेश्वर बोलाएका थिए । ढुंगानाका साथमा रहेका दुईमध्ये एक युवतीलाई उनले मीत बहिनी बनाएका थिए ।
उनै बहिनीमार्फत पीडित युवती जागिर खोज्दै ढुंगानाको सम्पर्कमा आएको खुलेको छ । स्रोतका अनुसार बानेश्वर खाजा खाएपछि दिउँसो ४ बजे ढुंगानाले जागिरका लागि अंग्रेजीमा अन्तर्वाता लिनुपर्छ भन्दै ट्याक्सीमा युवतीलाई गोदावरीस्थित वृन्दावन रिर्साट पु¥याएका थिए । कान्तिपुर दैनिकले खबर छापेको छ ।