Connect with us
Kapilvast Forest

दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

२०८१, ६ आश्विन आईतवारमा प्रकाशित

मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ पर्नुभएको छ। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ पर्नुभएको हो।

साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उहाँलाई निवासबाटै पक्राउ गरेको प्रवक्ता कार्कीको भनाइ छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार प्रसाईंलाई साइबर ब्यूरोमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार प्रसाईं विद्युतीय कारोबार ऐन अनुसार परेको उजूरीको आधारमा पक्राउ पर्नुभएको हो । उहाँले भन्नुभयो, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu