Connect with us
Kapilvast Forest

कपिलवस्तुमा नेपाल प्रहरीद्वारा अवैध कमाउ धन्दा

२०८१, १६ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तुमा सवारी साधन चेक जाँचको नाममा जनपद प्रहरीले नै कमाउ धन्दा चलाएको आरोप लागेको छ । मोटरसाइकल चालकहरुसँग कागजात चेकिङ्गको नाममा कमाउ धन्दा चलाइएको आरोप लागेको हो ।

प्रहरी चौकी गुलरी बिजुवामा कार्यरत प्रहरी सहायक निरिक्षक तेजबहादुर केसीले मोटरसाइकल चेकजाँचको क्रममा ३ हजार भारु लिएको आरोप लागेको छ ।

विगतमा राजमार्गका विभिन्न जंगल र एकान्तमा बसेर चेकिङ गर्दै ट्राफिक प्रहरीले रकम असुल्ने गरेको गुनासो आउने गरेको थियो। तर पछिल्लो समय मायादेवी गाउँपालिका ८ बिजुवा लगायतका क्षेत्रमै जनपद प्रहरीले पनि चेकिङको नाममा असुली गर्न थालेको आरोप लागेको हो ।

केसीले अनटेस्ट बाइकको कागजात मागेसँगै मोटरसाइकल धनीसँग खसी मागेका थिए । बसन्तपुरका सोनु चौरसियासँग प्रहरी सहायक निरिक्षक केसीले ‘कि खसी देउ, कि पैसा देउ’ भन्दै आफ्नो कुरै नसुनेको जनाइएको छ । भारतीय नम्बर प्लेटको उक्त मोटरसाइकलको कागजात आफुसँग तत्काल नभएपछि केसीले ३ हजार भारु लिएको समेत चौरसियाले बताएका छन् ।

भारतीय नम्बरका गाडीको कागजात खरिद गरेको ४५ दिनभित्र मात्रै सम्बन्धित पक्षले उपलब्ध गराउने नियम रहेको छ, यद्यपि, केसीले त्यो कुरा आफुलाइ थाहा नभएको र तत्काल पैसा दिनुपर्ने अडान राखेका थिए ।

यस्तै प्रहरीले सवारी चेकजाँचको नाममा तर्साएर पनि असुली गर्ने गरेको आरोप बिजुवाका स्थानीयको छ। विगतका नेतृत्वले पनि असुली धन्दा चलाएको धारणा उनीहरुको छ। सवारी जाँच गर्ने अधिकार ट्राफिक प्रहरीसँग मात्रै भएका कारण कारण पनि जनपद प्रहरीको विरोध हुन थालेको छ।

केसीप्रति बिरोधका स्वरहरु उठ्न थालेसँगै उनले फोन अफ गरेका छन् । नजिकिदै गरेका चाडपर्व लक्षित सुरक्षा योजना निर्माण लाग्नुपर्ने प्रहरी असुलीमा लागेको प्रति सरोकारवालाको दुखेसो छ । सभार:पालिकापत्र

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu