Connect with us
Kapilvast Forest

माया आउने बस सार्वजनिक

२०८१, २४ आश्विन बिहीबारमा प्रकाशित

शिब खनाल कपिलवस्तु-
वि.स. २०५५ साल चैत महिनाको ७ गते शनिबारको दिन बाग्लुङ जिल्लाको निसीखोला गाँउपालिका वार्ड नं.४ झिम्पामा बुवा टंक प्रसाद शर्मा पौडेल र आमा पिम कुमारी शर्मा पौडेलको कोख बाट जन्मिएका अनिल घरको जेठो सन्तानको रूपमा जन्म लिए ।

सानै देखी गित संगितमा रुचि राख्ने अनिल बिभिन्न स्कुलहरुका अभिनय,नृत्य प्रतियोगीतामा भाग लिने गर्थे उनि हरेक प्रतियोगितमा प्रथम स्थान नै हासिल गरेको उनले बताउछन सानै उमेरमा मोडल बनेका अनिल बिभिन्न सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुदै आएको उनि बताउछन ।
बाग्लुङ्गलाइ कर्मथलो बनाएउदै आएका अनिल सिभिल इन्जिनियर पनि हुन । अनिलले २०७५ सालमा पहिलो पटक नेपाली लोक म्युजिक भिडियोमा औपचारिक प्रवेश गरेका थिए । अनिलका पन्चेबाजा लोकगितहरु लगायत अन्य गीत पाखे नभन, तिमी बिना हाँसेर हिडन लगायत थुप्रै गीत चर्चामा बजारमा रहेका छ्न ।

भर्खरै मात्र सार्वजनिक भएको गित माया आउने बसमा दिप्लभ खाती र देबि घर्तिको स्वरमा रहेको गित बजारमा पठाएका छ्न उक्त गितमा गायक सर्जक दिप्लभ खातीको संगीत र नेत्र अर्यालको शब्द रहेको छ । जसमा भिडियोको निर्देशकको भुमिका बिनोद भण्डारीले गरेका छन् भने चर्चित एंवम लोकप्रिय मोडल जुना विश्वकर्मा संगै अनिल अभिनयमा देखिएका छन ।

घर परिवार र अग्रजकलाकारको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन । सानै देखी गित संगीतमा रुचि राख्ने अनिल राम्रो अभिनय गर्नेको सुचिमै पर्छन प्रतिभाका धनि मोडल अनिल आगामी दिनहरुमा मौलिक लोक संगीतलाइ सधै निरन्तरता दिने पनि उनि बताउँछन । गीत आफ्नै यूटुब च्यानल अनिल पौडेल मार्फत सार्वजनिक गरेका छन ।

भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu