Connect with us
Kapilvast Forest

चुनावको मुखमा बाम बुद्धिजीवी दर्जनौंं कांग्रेसमा, गगनद्धारा स्वागत

२०७६, ८ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं । चुनावको मुखैमा आफ्नो कार्यकर्ता विपक्षीतिर जाँदा कस्तो हुन्छ होला । अहिले ठ्याक्कै त्यस्तै भएको छ कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपालाई ।

कास्की क्षेत्र नम्बर २ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा रहँदा पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको क्षेत्रमा नेकपाले रविन्द्र पत्नी विद्यालाई उठाएको छ भने नेपाली काँग्रेसले त्यागी एवं सादगी नेता खेमराज पौडेल गुरुलाई उठाएको छ ।

सादगी नेताको सादगीपन हेर्दा यस्तो पनि नेता हुन्छ र भनी नपत्याउँदा छन् । तर उनले असली काँग्रेसको प्रतिनिधित्व गरेको भन्दै नेकपाका असली मतदाता नै उनलाई भोट हाल्ने कसम खाइरहेका छन् ।

सोही क्रममा कास्कीको बाटुलेचौरमा आयोजित कार्यक्रममा कास्कीका बाम बुद्धिजीवी माधव पराजुलीसहित दर्जनौं कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन्। केन्द्रीस्य सदस्य गगन थापाले उनीहरुलाई काँग्रेसमा स्वागत गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu