Connect with us
Kapilvast Forest

लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय समिति विस्तार, सचिवमा रुपन्देहीका देवान चयन

२०८१, १४ कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघले आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ ।

संघको केन्द्रीय कार्य समिति काठमाडौंमा आज बसेको बैठकले विधान अनुसार १३३ सदस्यीय कार्यसमिति मनोनयन गरी जिम्मेवारी बाँडफाँड गरेको छ ।

अध्यक्ष पदमा रोशन कुमार मिश्रलाई जिम्मेवारी तोकिएको छ ।

लोकतान्त्रिक विद्यार्थी संघले विद्यार्थी एकताको नारा अघि बढाउँदै शिक्षा क्षेत्रमा आफ्नो सक्रियता विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

उपाध्यक्ष पदमा सुरेश मण्डल, त्रीदेव मिश्र, अजय कुमार जेशवाल, समर शाह (बजरंग) रहनु भएको छ ।

महासचिव पदमा विपुल कुमार झा, सुमन कुमार यादव, त्यस्तै सहमहासचिव रविभूषण ठाकुर, दिनेश यादव, अनन्त मिश्र, सिदार्थ यादव, विशाल मिश्र, उमेश अग्रहरी, धिरज विष्ट रहनु भएको छ ।

सचिव पदमा निषेश यादव, सर्वेश झा, जैनुद्दिन देवान, राम प्रसाद ढकाल र कोषाध्यक्षमा रेटिना यादव लगायत केन्द्रिय सदस्य रहनुभएको छ ।

केन्द्रीय कार्यसमिति यस प्रकार रहेको छ । 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu