कपिलवस्तुमा ब्राउन सुगर कारोबारी र सेवनकर्ता पक्राउ
सनिउल्ला धोबी-
कपिलवस्तुको कृष्णनगर बसपार्कबाट १ जना लागू औषध ब्राउन सुगर करोबारी र २ जना सेवनकर्ता पक्राउ परेका छन ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले कृष्णनगर नगरपालिका २ बस्ने ३२ वर्षीय लवकुश भुजलाई १ सय ५१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
प्रहरीले भुजको कोठामा लुकाइ राखिएको चार थान तराजु र दुई थान मोबाइल बरामद गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिनुभयो ।
अनुसन्धानका क्रममा ब्राउन सुगर खरिद गर्न आएका थप दुई जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।
जिल्लाको बुद्धभुमी नगरपालिका २ बस्ने वर्ष २८ का महेश थारु र बाणगंगा नगरपालिका १ बस्ने वर्ष २४ का बिपुल थारु पक्राउ परेका छन ।
उनिहरुको साथबाट रु ९० हजार नगद र एक थान मोबाइल फेला परेको छ ।
उनीहरूलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।