Connect with us
Kapilvast Forest

भियतनामी ट्राभल एजेन्सीद्वारा बिद्यार्थीलाई साईकल वितरण

२०८१, ६ मंसिर बिहीबारमा प्रकाशित

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी स्थित अखण्ड शान्ति द्विपमा बिद्यार्थीलाई साईकल बितरण गरिएकोछ ।
गरिब, विपन्न र जेहेन्दार ८ बालक र १२ बालिकालाई भियतनामको ट्राभल एजेन्सी टुक लामफट थेनले वितरण गरेको हो ।

लुम्बिनी आसपासका ५ आधारभूत बिद्यालयका २० जनालाई वितरण गरिएको हो । पठनपाठनलाई सहज बनाई बिद्यालय आउजाउमा सहयोग पु¥याउन कक्षा ७ देखि कक्ष्ाँ ११ पढने बालबालिकालाई बितरण गरिएको हो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले बुद्धको करुणा मैंत्री र सद्भावको भावनाले उत्प्रेरित भई भियतनामबाट लुम्बिनी आएर नेपाली बालबालिकालाई सहयोग गरेकामा धन्यबाद दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj