Connect with us
Kapilvast Forest

गोप्य रुपमा भारतीय दूतावास जाने डिआइजीमाथि कारबाहीको तयारी

२०७६, ९ मंसिर सोमबारमा प्रकाशित

कूटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानविन थालेको छ।

डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित भारतीय दूतावास गएका पुगेका थिए।

पौने ३ बजे दूताबास छिरेका उनी ४ बजे निस्किएको खबर गृहमन्त्रालय स्रोतलाई उद्धृत गर्दै आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

यस विषयमा आइतबार गृह मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको छ।

सचिव प्रेमकुमार राईले डिआइजी श्रेष्ठमाथि छानविन सुरु भएको पुष्टी गरे।

स्रोतका अनुसार डिआइजी श्रेष्ठलाई स्पष्टीकरण सोध्ने तयारी भएको छ।

डिआइजी श्रेष्ठले भने अनुमति लिएरै तालिमका विषयमा छलफल गर्न दूतावास गएको बताएका छन्।

सुरक्षा निकायका उच्च पदमा रहेका व्यक्ति त्यसरी दूतावास जानुलाई गम्भीरताका साथ लिइएको गृहका एक अधिकारीले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu