Connect with us
Kapilvast Forest

विप्लवको गाउँमा स्वास्थ्य शिविर, ७ सय जनाले सेवा लिए

२०८१, ७ मंसिर शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले स्वास्थ्य नेपाल निर्माणका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनु भएको छ ।
महासचिव विप्लवले नागरिकहरु स्वास्थभए हरेक क्रियाकलापमा सजिलो हुने बताउनु भयो ।

कपिलवस्तुको शिवगढीमा विहिबार आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै महासचिव विप्लवले शिवगढीमा निकट भविष्यमा अस्पताल सन्चालन गर्नु पर्ने बताउनु भयो ।

जनस्वास्थ्य सेवा केन्द्रको आयोजनामा गरिएको निशुल्क शिविरमा ७ सय जनाले सेवा लिएको जनस्वास्थ्य सेवा केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष पाबेलले जानकारी दिनुभयो ।

जिल्लाको शिवगढीमा पहिलो पटक विभिन्न रोगको विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य शिविर आयोजना गरिएको पाबेलको भनाई रहेको छ ।

शिबिरमा हाडजोर्नी तथा नसा रोग, प्रसुती तथा स्त्रीरोग, जनरल फिजिसीयन सम्बन्धि उपचार तथा परामर्शको सेवा रहेको थियो ।
त्यस्तै ओएनएफ एस, भिडियो एक्सरे, नाक, कान घाँटी, दिर्घकालिन दुखाई तथा एनेस्थेसीया कृटीकल, फिजियोथेरापी पुर्नस्थापना लगायतका सेवा प्रदान गरिएको थियो ।
शिवगढीमा डाक्टर नहुदा यहाका बिरामीहरु उपचार गर्न बुटवल, काठमाडौ र छिमेकी मुलुक भारतमा जानु पर्ने बाध्यता रहेको छ ।

शिवगढी स्थित जनस्वास्थ्य सेवाकेन्द्रलाई अबको केहिदिन भित्रै औपचारिक रुपमा फेरी उद्घाटन गरि नियमित सेवा प्रवाह गर्ने योजना रहेको स्थानीयले जनाएका छन ।

स्वास्थ्य शिविर कार्यक्रममा नेकपाका स्थायी कमिति सदस्य सन्तोष बुढा मगर, लुम्बिनि प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम, विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, लुम्बिनि प्रादेशिक अस्पतालका डा. इन्द्र ढकाल, जिल्ला अस्पताल कपिलवस्तुका डा राकेश शाह, डा, मिलन अधिकारी, डा सन्तोष घिमिरे , डा नबिन तिरुवा, डा सुनिल कुमार चौधरी लगायत उपस्थिति रहेको थियो ।