Connect with us
Kapilvast Forest

विकास र समृद्धिका लागि कांग्रेस उम्मेदवारलाई जिताउन आग्रह

२०८१, ११ मंसिर मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी- कपिलवस्तु — कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । वडाध्यक्ष तिलकराम यादवको निधनपछि खाली भएको वडा अध्यक्ष पदमा हुने निर्वाचनका लागि नेपाली कांग्रेस कपिलवस्तुले आफ्नो प्रचारप्रसार अभियानलाई तीव्र बनाएको छ ।

नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार दिनेश कुमार यादवलाई विजयी बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सक्रिय रूपमा परिचालित छन ।

कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा सांसद पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, पूर्व जिल्ला सभापति राजेश आचार्य, पूर्वमन्त्री सहसराम यादव, नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठ, क्षेत्र नं ३ क क्षेत्रीय सभापति गोविन्द केसी, जिल्लाका विभिन्न तहका नेताहरू शुद्धोधन–१ मा प्रचार अभियानलाई अघि बढाइरहेका छन ।

उम्मेदवार दिनेश कुमार यादवले मतदातासँग बुबा तिलकराम यादवले अधुरा राखेका कामहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

उनले वडाको विकासका लागि आफू दिनरात खट्ने बताउँदै स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, सडक यातायात र बिजुलीजस्ता क्षेत्रमा विशेष प्राथमिकता दिने योजना रहेको उल्लेख गरेका छन ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले घरदैलो अभियान, सभासमारोह र मतदातासँग प्रत्यक्ष संवादमार्फत उम्मेदवारको पक्षमा समर्थन जुटाइरहेका छन ।

उम्मेदवार यादवले वडाबासीलाई आफूलाई मतदान गरेर विजयी बनाउन आग्रह गर्दै विकास र समृद्धिका लागि कांग्रेसलाई अवसर दिनुपर्ने बताएका छन ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj