Connect with us
Kapilvast Forest

मालपोत सार्ने सरकारको निर्णय विरुद्ध जसपाद्वारा आन्दोलन गर्ने चेतावनी

२०८१, १४ पुष आईतवारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
जनता समाजवादी पार्टी (जसपा), कपिलवस्तुले मालपोत कार्यालय र नापी कार्यालय बाणगंगा नगरपालिकामा सार्ने नेपाल सरकारको निर्णयको कडा विरोध गरेको छ ।
पार्टीका अध्यक्ष इरफान खाँनद्वारा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउदै निर्णय नसच्चिए कड आन्दोलन गर्ने उल्लेख गरिएको छ ।

सरकारद्वारा कार्यालय सार्ने निर्णयले जनतालाई थप समस्या पार्ने र सेवाग्राहीलाई असुविधा भएको जसपा कपिलवस्तुका अध्यक्ष खानले बताउनु भयो ।

यहि पुस ९ गते मन्त्रि परिषद्को बैठकले कपिलवस्तुको तौलिहवास्थित मालपोत कार्यालय र नापी कार्यालयलाई बाणगंगा नगरपालिका सार्ने निर्णय गरेको थियो ।

जसपा कपिलवस्तुले यो निर्णय तत्काल नसच्याए आन्दोलन गर्ने चेतावनी दिएको छ।

पार्टीले यो निर्णयले जिल्लाको सदरमुकामलाई हल्का बनाउने र नागरिकलाई अन्य पालिकामा धाउन बाध्य बनाउने भन्दै जनताको असन्तुष्टिलाई बेवास्ता गरेको ठहर गरेको छ ।

अध्यक्ष इरफान खाँनले यो निर्णय तत्काल फिर्ता गर्न माग गर्दै, अन्यथा कडा आन्दोलन गर्ने जानकारी दिनुभयो ।

जसपाले सरकारको निर्णयलाई जन विरोधी भन्दै, जनताको मागलाई ध्यानमा राखेर निर्णय पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेको अध्यक्ष खानले बताउनु भयो ।

पार्टीले चरणबद्ध आन्दोलनको तयारी थालेसकेको
अध्यक्ष इरफान खाँनले न्युज सेन्टर नेपाललाई जानकारी दिनुभयो ।