पत्रकार कल्याण कोषको स्थापना गर्छु: नवनिर्वाचित अध्यक्ष चौलागाई
सरिता थारु
कपिलबस्तु
प्रदेशमा पत्रकार कल्याणकारी कोषको स्थापना गरिने नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाईले बताउनुभएको छ । नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश समिती र कपिलबस्तु शाखा विच भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
साथै उहाले पत्रकार शुद्धिकरणका कारण अन्यायमा परेका पत्रकारले अब न्याय पाउने बताउनुभयो । उहाले क्रियाशिल पत्रकारले सदस्यता पाउने बताउदै नयाँ शिराबाट सदस्यता वितरण गर्ने जनाउनुभयो ।
बाईटः
नवनिर्वाचित प्रदेश अध्यक्ष चौलागाईले प्रदेशको १२ वटै जिल्लामा पत्रकारीताको अवस्था बुझ्न तथा विश्लेषण गर्नका लागि आफुहरु प्रदेशको जिल्ला भ्रमणमा निस्किएको समेत बताउनुभयो । यस्तै उहाले उहाले प्रदेशमा रहेका पत्रकारहरुको क्षमाता विकासका लागि विभिन्न तालिम , गोष्ठी तथा कार्यक्रमहरु समेत संचालन गर्ने बताउनुभयो ।
विषेश गरि महिला, पिछडा वर्ग र क्रियाशिल पत्रकारहरुलाई प्रथमिकतामा राखेर कार्यक्रम संचालन गरिने बताउनुभयो ।
यसैगरी कार्यक्रममा नवनिर्वाचित जिल्ला अध्यक्ष डिलाराम भुषालले जिल्ला शाखालाई उत्कृष्ट बनाउने गरि काम गर्ने बताउनुभयो । उहाले पनि जिल्लामा रहेका क्रियाशिल पत्रकारलाई सदस्यता दिलाउन आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा निर्वातमान अध्यक्ष किरणमान बज्रचार्यले आफु नेतृत्वमा रहदा जिल्लामा पत्रकार कल्याणकारी कोषको रकम २० लाख पुर्याउन सफल भएको बताउदै प्रदेशमा पनि कोषको स्थापन गर्न आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रममा प्रेस चौतारीका जिल्ला उपाध्यक्ष बाबुराम रायमाझी, प्रेस सेन्टरका भुपाल थापा, प्रेस मञ्चका जिल्ला अध्यक्ष दिलिप कुमार यादव लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला उपाध्यक्ष खगप्रसाद चापागाईले जिल्लामा पत्रकारको अवस्था, चुनौती तथा बस्तुस्थिीबारे जानकारी गराउनु भएको थियो ।
जिल्ला सचिव सनिउल्ला धोबीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका पदाधिकारी सदस्य एवं जिल्ला शाखाका पदाधिकारी सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।