Connect with us
Kapilvast Forest

सडक डिभिजन कार्यालयमै छैन सूचना अधिकारीको बोर्ड, सेवाग्राही मर्कामा

२०८१, २४ पुष बुधबारमा प्रकाशित

सनिउल्ला धोबी– सडक डिभिजन कार्यालय शिवपुर कपिलवस्तुले सूचना अधिकारीको विवरण सहितको बोर्ड नराख्दा सेवाग्राहीले सूचनाको अभाव झेल्नु परेको छ ।

नागरिकका लागि महत्त्वपूर्ण मानिने यस कार्यालयमा सूचना अधिकारीको जानकारी दिने बोर्ड नहुँदा जनगुनासो बढेको छ ।

सूचना अधिकारीको विवरण नभएका कारण सेवाग्राहीहरूले कार्यालयमा आवश्यक जानकारी पाउन कठिनाइ भोगिरहेको खरेन्द्रपुरका असलम खानले बताउनु भयो ।

सूचनाको हकसम्बन्धी ऐन २०६४,सुचनाको हक सम्बन्धि नियमावली २०६५, र अधिकारीकोकाम कर्तव्य र जिम्मेवारी सम्बन्धि निर्देशिका २०७३ ले कुनै पनि सरकारी निकायमा सूचना अधिकारीको नाम, तस्बिर, सम्पर्क नम्बर, र इमेल सहितको बोर्ड सबैले देख्ने गरि राख्न अनिवार्य गरेको छ ।

सूचनाको हकका जानकारहरूका अनुसार सडक डिभिजन कार्यालय शिवपुरले उक्त कानूनी प्रावधानको बेवास्ता गर्दै आएको छ ।
सूचनाको हकको उल्लङ्घनले सेवाग्राहीलाई झनै समस्या बनाएको भन्दै उनीहरूले छिट्टै सुधारको माग गरेका छन ।

सडक डिभिजन कार्यालय शिवपुरका प्रमुख सविन कोइरालाले सूचना अधिकारीको बोर्ड नहुँदा सेवाग्राहीले पाएको समस्या स्वीकार गर्दै केही दिनभित्रै सूचना अधिकारी विवेक कुँवरको नामसहितको बोर्ड राख्ने आश्वासन दिएका छन ।

सेवाग्राहीका लागि अत्यन्त आवश्यक मानिने सूचना अधिकारीको विवरणसम्बन्धी बोर्ड राख्न ढिलाइ गर्दा कार्यालयप्रति नागरिकको विश्वासमा कमी आउन सक्ने जानकारहरुको भनाई रहेको छ ।

सरकारी कार्यालयहरूले कानूनी व्यवस्थालाई सम्मान गर्दै नागरिकलाई सहज सेवा उपलब्ध गराउन ध्यान दिनु आवश्यक रहेको सेवाग्राहीहरूको भनाइ छ ।
सूचना आयोगले सूचना अधिकारीका विषयमा जारी गरेको निर्देशिका