Connect with us
Kapilvast Forest

भुकम्पको पिडामा चिनियाँ जनता को साथमा छौ :माओवादी

२०८१, २५ पुष बिहीबारमा प्रकाशित

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्यी काउन्टी केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ।
माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज वक्तव्य जारी गरी यस दुःखको घडीमा आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनाताको साथमा रहेको उल्लेख गरेका छन्।
माओवादीले भूकम्पमा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। माओवादीले भूकम्पमा परेका नागरिकको खोज तथा उद्धार र पुनःस्थापनाका प्रयासमा सफलता मिलोस् भनी शुभेच्छा व्यक्त गरेको छ।
नेपालमा पनि भूकम्पको धक्का महसुस गरिए पनि मानवीय क्षति नभएको जानकारी प्राप्त भएको उल्लेख गर्दै माओवादीले पराकम्प आउनसक्ने भएकाले चनाखो र सतर्क रहन सबैमा आग्रह गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj