Connect with us
Kapilvast Forest

कपिलवस्तु शिवराज वडा नं ७ को वडा अध्यक्ष कप सम्पन्न, उपाधि रुद्रपुरलाई

२०८१, २५ पुष बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल – कपिलवस्तु शिवराज नगरपालिका वडा नं ७ द्वारा आयोजित वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि रुद्रपुरको समूहले जितेको छ ।

वडा अध्यक्ष अनुप कुमार चौधरीका अनुसार प्रतियोगिता आयोजना गर्ने मुख्य उद्देश्य गाउँ-गाउँमा नयाँ क्रिकेट खेलाडी उत्पादन गर्नु हो । वडा अध्यक्ष चौधरीले वडा कपबाट छनोट भएका खेलाडीहरूले नगरस्तरीय मेयर कप र उपमेयर कपमा सहभागी हुने जानकारी गराए ।
वडा अध्यक्ष अनुप कुमार चौधरीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई थप व्यापक बनाउने योजना रहेको बताए ।

स्थानीयस्तरमै यस्तो महत्वपूर्ण प्रतियोगिता आयोजना भएपछि युवाहरूमा उत्साह छाएको छ । प्रतियोगिताले खेलकुदमा रुचि भएका युवाहरूलाई प्रोत्साहित गर्नुका साथै क्षमता प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गरेको छ ।

प्रतियोगिताको सफलताले स्थानीय युवाहरूमा थप यस्ता कार्यक्रमको माग बढेको छ । युवाहरूले वडा र नगरपालिकालाई नियमित रूपमा यस्तै गतिविधि सञ्चालन गर्न सुझाव दिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj