कपिलवस्तुको तौलिहवामा नेपाली कांग्रेसको बृहत अन्तरक्रिया
कपिलवस्तु-
नेपाली काँग्रेस कपिलवस्तुले तौलिहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा बोल्दै नेता एनपि साउदले संबिधानका धेरै सबल पक्ष रहे पनि अस्तिरता अन्त्य हुन नसक्नु कमजोरी भएको बताउनु भएको छ ।
सरकार गठनका क्रममा ठुला दल बिच भएको सात बुदेँ सहमती मध्यको चार महत्वपुर्ण पक्ष मध्यको संबिधान संसोधनको बिषय लाई २०८७ मा हुन्छ भन्नु गलत भएकाले प्रधानमन्त्री ओलीलाई सो बिषयमा संवेदनशिल बन्न साउदले आग्रह गरे । अस्थिरता नियन्त्रणकै लागि संबिधानमा एक दलले बहुमत ल्याउने पद्धती निर्माण गर्नका लागि पनि संबिधान संसोधन आवश्यक रहेकोमा उनले जोड् दिए ।
पार्टी भित्र संघियता र समावेशीकरणलाई नबिथोल्ने गरि संबिधान संसोधनको बहस चलाईएको केन्द्रिय सदस्य डाक्टर डिला संगौला पन्तले जानकारी दिईन ।
प्रधानमन्त्रीको बोली र व्यवहारमा तालमेल नमिलेको बताउदै काँग्रेस संबिधान संसोधनको पक्षमा रहेको पन्तले दावी गरिन । प्रधानमन्त्रीको अभिव्यक्तीले शंका उत्पन्न गरेको र जनताले गठबन्धन प्रति प्रश्न उठाएको केन्द्रिय सदस्य अब्दुल सत्तारको भनाई थियो ।
प्रदेश सरकारलाई अधिकार नदिईदाँ संघियता कार्यान्वयनमा समस्या देखिएको केन्द्रिय सदस्य चम्पा खड्काले बताईन । पार्टीलाई सुदृढ बनाउन आफुले कुनै कसर नराख्ने प्रतिबद्धता सहित जिल्लामा काँग्रेसलाई बलियो बनाउन आफुले योगदान दिदै आएको काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा साँसद सुरेन्द्रराज आचार्यले बताए ।
काँग्रेस पुर्व केन्द्रिय सदस्य दिप कुमार उपाध्याय, पुर्व जिल्ला सभापति कमलेश शर्मा, पुर्व सभापति तथा प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, पुर्व सभापति राजेश आचार्य लगायतले पार्टी बिधि बिधानमा चलाएर थप संगठित र एकिकृत बनाएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
पार्टीलाई एकताबद्ध बनाएर लैजान आवश्यक समन्वय र सहकार्य गर्न जिल्ला कार्यसमितीले कुनै कसर बाँकी नराख्ने पार्टीका जिल्ला उपसभापति हुमकान्त खनालले बताउनु भयो ।
जिल्ला सचिव प्रेम बहादुर रायमाझीको स्वागत मन्तव्यमा भएको कार्यक्रममा जिल्ला सचिव शक्ति सिंह ठकुरीले सञ्चालन गर्नुभएको थियो।