गढवा पतञ्जलि योग समितिद्वारा १० औं राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न
दुखहरण यादव दाङ–
गढवा गाउँपालिकाको आर्थिक सहयोग र गढवा पतन्जकि योग समितिको आयोजनामा १० औं राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ ।
यस अवसरमा योग साधक र साधिकाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रम गढवा योग पतन्जलि योग समितिका अध्यक्ष राम नरेश यादवको अध्यक्षता र गढवा गांउपालिका वडा नं ६ का अध्यक्ष बिर बहादुर आलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा योग साधक र साधिकाहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो ।
साधक साधिकाको समुहले गढवा बजारको परिक्रमा गर्दै सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर र्यालीमा भाग लिएका थिए। “योगले स्वास्थ्य, शान्ति र समृद्धि ल्याउँछ” जस्ता नाराले भरिपूर्ण प्लेकार्डहरूले बजारलाई योगमय बनाएको थियो। र्यालीपछि गढवा गाउँपालिकाको सभाहलमा औपचारिक कार्यक्रममा औपचारिक कार्यक्रम गरी कार्यक्रम सन्चालन गरिएको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि बिरबहादुर आलेले नागरिक लाइ स्वस्थ्य राख्ने उद्देश्यले गढवामा सन्चालन गरिएको योग निरन्तरताको कामना गर्दै वडाले सदैव सहयोग गर्ने बताउनु भयो । त्यसै गरी देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठकले योगलाई शारीरिक र मानसिक स्वास्थ्यका लागि अपरिहार्य भन्दै दैनिक जीवनमा यसको अभ्यास गर्नुपर्नेमा जोड दिए। त्यसै गरी गढवा उद्योग वाणिज्य संघ गढवाका अध्यक्ष ओमप्रकाश बसेलले योगले व्यक्तिगत मात्र नभई सामाजिक परिवर्तन ल्याउने शक्ति भएको बताए भने रेडियो साझा आवाजका प्रबन्धक दुखहरण यादवले पनि योगमार्फत स्वस्थ समाज निर्माण गर्न सकिने धारणा राखेका थिए ।
कार्यक्रम,इलाका प्रहरी कार्यालय गढवाक प्रमुख कालिका कार्कि,गढवा पन्चै बाजा तथा कला संस्कृति संरक्षण केन्द्रका दयाराम थापा, गढवा होटल ब्यबसायिका तिलक पुन,सिता पौडेल,राधा गौतम,राजाराम चौधरी,रिता थापा,बिनु पन्थि,बिन्दु यादव,शिवा ओलि,राम प्रसाद चौधारी लगायतको सहभागिता रहेको थियो ।
वक्ताहरूले यस्तो कार्यक्रमले गढवा क्षेत्रमा योगप्रतिको चासो र आकर्षण बढेको उल्लेख गर्दै यसलाई अझ क्षेत्रगत रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, आगामी दिनहरूमा युवाहरूलाई लक्षित गर्दै योग अभियानलाई निरन्तरता दिनुपर्नेमा पनि विशेष जोड दिए।
योगदिवसको अवसरमा साधक र साधिका सहितको बिचमा प्रतिस्पर्धात्मक बृक्षासन र नटराजासन प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा बृक्षासनमा प्रथम स्थान हासिल गर्नुहुने प्रतिमा आचार्य र नटराजासनमा प्रथम स्थान हासिल गर्नुहुने सुलोचना चौधरिलाइ प्रमाणपत्र र पुरुस्कार प्रदान गरिएको थियो ।त्यसै गरी १ बर्स सम्म नियमित सर्वोउत्कृष्ट उपस्थिति बापत साधिका तथा सह योग शिक्षक तारा बुढाथोकीलाइ प्रमाण लत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमको समापनमा पतञ्जलि योग समितिका अध्यक्ष रामनरेश यादवले सबै सहभागीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी र व्यापक बनाउने प्रतिबद्धता जनाएका थिए।
गढवा पतन्जलि योग समितिकि उपाध्यक्ष मधा न्यौपानेको स्वागत मनत्व्य बाट शुरु भएको कार्यक्रमको सन्चालन सचिव शिवराज पन्थिले गर्नु भएको थियो ।न