Connect with us
Kapilvast Forest

जसपा कपिलवस्तुद्वारा नयाँ नगर संयोजक तोकियो

२०८१, ५ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु– जनता समाजवादी पार्टी (ज.स.पा.) कपिलवस्तुले बलिदानी दिवसको अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गीत श्रीस्ताव, कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ता, ज.स.पा.का जिल्ला अध्यक्ष मो. इरफान खान, जिल्ला सचिव उदयभान यादवसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

वीर शहीदहरूको तस्बिरमा माल्यार्पण गर्दै नेताहरूले बलिदानी दिवसको महत्त्वबारे प्रकाश पार्दै जनताका हकहितका लागि गरिएको बलिदानले वर्तमान राजनीतिक प्रणालीलाई निर्माण गर्न ठूलो योगदान गरेको उल्लेख गरे ।

यसैक्रममा ज.स.पा. कपिलवस्तुले जिल्ला विस्तारित बैठकको आयोजना गर्दै १० वटै स्थानीय तहमा नगर संयोजकहरूको नाम तोक्ने निर्णय गरेको छ । पार्टीका अनुसार कपिलवस्तु जिल्लाका पालिकाहरूमा निम्न संयोजकहरू चयन भएका छन् :

कपिलवस्तु नगरपालिका: रामरेखा यादव
वाणगंगा नगरपालिका: हेम अस्लामी मगर
बुद्धभूमि नगरपालिका: दिनेश तिवारी
शिवराज नगरपालिका: मैनाज अहमद खान
विजयनगर गाउँपालिका: विजय सिंह चौहान
कृष्णनगर नगरपालिका: जगदीश कुर्मी
महाराजगंज नगरपालिका: इन्द्रराम यादव
यशोधरा गाउँपालिका: विजय कुमार कुर्मी
मायादेवी गाउँपालिका: अबुल कलाम मुसलमान
सुद्धोधन गाउँपालिका: रामरक्षा यादव
पार्टीका जिल्ला अध्यक्ष मो. इरफान खानका अनुसार यी नगर संयोजकहरूले पार्टीलाई गाउँगाउँसम्म पुर्‍याउन र संगठन सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्नेछन् ।

कार्यक्रममा उपस्थित नेताहरूले बलिदानी दिवसको सन्देशलाई जनताको बीचमा पुर्‍याउँदै पार्टीको एजेन्डालाई सफल बनाउन सबै नेता तथा कार्यकर्ताहरूलाई एकताबद्ध हुन आग्रह गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj