रामनारायण, मोहम्मद इसुफका विद्यार्थीलाई न्यानो कपडा
न्युजसेन्टर नेपाल-
कपिलवस्तुको विजयनगर गाउँपालिका ४ स्थित रामनारायण, मोहम्म्द युसुफ आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
स्थानीय युवा गगन कुमार मिश्राले बालबालिकालाई न्यानो कपडा बितरण गरेको विद्यालयको प्रधानाध्यापक सम्झाना गौतमले जानकारी दिनुभयो ।
सहयोगी मिश्राको तर्फबाट विद्यालयका २५ जना बालबालिकालाई न्यानो कपडा सुइटर, टाउजर, टोपी बितरण गरिएको प्रधानाध्यापक गौतमले बताउनु भयो ।
कार्यक्रममा विजयनगर गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष तिलक कँडेलले विद्यालयको भौतिक पूर्वाधार व्यवस्थापनका लागि बजेट व्यवस्थापन गर्ने आश्वासन व्यक्त गर्नुभयो ।
रामनारायण, मोहम्मद युसुफ आधारभूत विद्यालय पहिलाभन्दा धेरै सुधार भएको वडा अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।
विजयनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेलबासेले विद्यालयका बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने मिश्रा परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
शिक्षा शाखा प्रमुख बेलबासेले विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिन सम्पूर्ण शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मल्हो खटिकले न्यानो कपडा सहयोग गर्ने परिवारलाई विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा शिक्षा समिति सदस्य गोमा खड्का, विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गा मिश्रा, स्थानीय अभिभावक, शिक्षक, पत्रकारको सहभागिता रहेको थियो । न्यानो कपडा पाएपछि बालबालिकाहरू खुसी भएका थिए।