Connect with us
Kapilvast Forest

चन्द्रौटा महोत्सवमा आज खेम सेन्चुरीको बेजोड प्रस्तुति रहने

२०८१, ११ माघ शुक्रबारमा प्रकाशित

कपिलवस्तुको चन्द्रौटामा संचालित नवौं चन्द्रौटा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको आज शुक्रवार चर्चित लोक तथा दोहोरी गायिक खेम सेन्चुरीको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मिसन भुसाल , लोक गायिका सपना रोका, जिया भुसाल, भोजपुरी गायक अनिल दिवाना लगायतका कलाकारहरूको बेजोड प्रस्तुति रहने सांस्कृतिक संयोजक दीपक पौडेलले बताउनुभयो । साथै जेडीसी डान्स ग्रुप ,चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, आमा समूहस्तरीय डोरी तान प्रतियोगिता रहने छ । महोत्सवमा दैनिक बिहान २ घन्टा योगा सत्र चलिरहेको छ ।
माघ ९ गतेदेखि सुरु भएको नवौं चन्द्रौटा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा दिनहुँजसो कलाकारले दर्शकलाई मनोरञ्जन दिएका छन् । बिहीबार चर्चित लोक तथा दोहोरी गायिका सुनिता मि परीयार, लोक तथा दोहोरी गायक कुशल बेल्वासे, थारु गायक उत्तम चौधरी, भोजपुरी गायक रमा शंकर राय लगायतले प्रस्तुति दिएका थिए ।

२०० भन्दा बढी स्टल रहेको महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।“कृषि, पर्यटन, उद्योग र व्यापार स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव माघ २० गतेसम्म चल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj