Connect with us
Kapilvast Forest

कपिलवस्तुमा “KPLप्रिमियर कप २०८१” को तयारी अन्तिम चराणमा

२०८१, ११ माघ शुक्रबारमा प्रकाशित

पुनहरी घिीमरे कपिलवस्तु 
कपिलवस्तुको शिवराज नगरपालिका–७, जवाभारीमा माघ १२ गतेदेखि सुरु हुने जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता “KPL प्रिमियर कप २०८१” को तयारी अन्तिम चराणमा पुगेको छ । युवा अमन सामाजिक विकास केन्द्र, अर्श च्यारिटेबल फाउन्डेसन र इन्डो नेपाल सामाजिक मञ्चको संयुक्त आयोजनामा “KPL प्रिमियर कप २०८१” हुन लागेको आयोजक समितिका संयोजक रहिस शाहले बताउनुभएको छ । जिल्लाका युवा खेलाडीहरूलाई प्रोत्साहन गर्ने र खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्यले “KPL प्रिमियर कप २०८१”र्गन लागीएको शाहको भनाई छ । खेल प्रतियोगितामा शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका वडाहरू र विभिन्न संघसंस्थाहरूको सहयोग रहेको छ । प्रतियोगिताको पहिलो पुरस्कार रु. १,०१,००० र दोस्रो पुरस्कार रु. ५१,००० तोकिएको छ । प्रतियोगितामा सहभागी टोलीका लागि प्रवेश शुल्क रु. ५,५०० निर्धारण गरिएको छ । प्रतियोगिताको उद्घाटन माघ १२ गते शनिबार का दिन हुनेछ ।