Connect with us
Kapilvast Forest

नेपाली कांग्रेस केन्द्रीय समितिद्धारा दुःख व्यक्त

२०८१, १२ माघ शनिबारमा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलामको ममतामयी माताको निधनले गहिरो दुःख व्यक्त गर्दै तथा श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको हस्ताक्षरद्वारा हस्तक्षरित श्रद्धाञ्जली पत्रमा नेपाली कांग्रेसका सभापतिको ममतामै माता स्वर्गीय बदरुन निशाको स्वर्गमा बास होस् र शोक सन्तप्त परिवारजनमा गहिरो समाबेदन प्रकट गरिएको उल्लेख्य छ ।
नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला उपसभापति हुमाकान्त खनाल मार्फत नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले श्रद्धाञ्जली पत्र पठाउनुभएको हो ।
यसै बीच नेपाली काङ्ग्रेस कपिलवस्तुले समेत सभापति अब्दुल कलामको माता बद्रुन्निसाको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली पत्र जिल्ला उपसभापति हुमाकान्त खनालले बुझाउनुभएको छ । स्वर्गीय निशाको २०८१ पौष २६ गते ९५ वर्षको उमेरमा निधन भएको थियो ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj