Connect with us
Kapilvast Forest

भारतको गणतन्त्र दिवसमा पूर्वमन्त्री शाहद्वारा शुभकामना व्यक्त

२०८१, १३ माघ आईतवारमा प्रकाशित

काठमाडौं – भारतको ७६औं गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेका नेता, संविधान सभा सदस्य एवम पूर्व कृषि तथा सहकारी मन्त्री अकबाल अहमद शाहले शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको बताउनु भएको छ ।

आइतबार भारतीय दूतावास, लाइनचौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री शाहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै सुमधुर सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बताउनुभयो ।

उहाँले दुई छिमेकी देशका नागरिकबीचको आपसी सम्बन्धलाई उल्लेखनीय भन्दै भारतका नागरिकहरूमा खुसी, शान्ति र समृद्धिका लागि नयाँ वर्ष शुभ रहोस् भन्ने कामना गर्नुभयो ।

पूर्वमन्त्री शाहले आफू मन्त्री भएको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटलाई स्मरण गर्दै दुई देशबीचको अटुट सम्बन्ध र सहकार्यलाई जोड दिनुभयो ।

उक्त कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।