Connect with us
Kapilvast Forest

ताप्लेजुङमा बन्दको प्रभाव, मोर्चाका नेता प्रदीप मादेन पक्राउ

२०८१, १५ माघ मंगलवारमा प्रकाशित

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदीप मादेन रहेका छन्।  मंगलबार बजार बन्द गराउँदै हिडेको अवस्थामा  उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार मादेन सोमबार भएको हुलहुज्तको घटनाका नेतृत्वकर्ता हुन् । सोमबार पाथिभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । सोही क्रममा प्रहरीले चलाएको गोली दुई जनालाई लगेको थियो ।

प्रहरीले दमन गरेको भन्दै केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालिन बन्द घोषणा गरेको छ । बन्दका कारण चारपाङ्ग्रे सवारी साधन चलेका छैनन् । बजार र विद्यालय र कलकारखाना खुला रहेको डिएसपी रावलले जानकारी दिए । बन्द आह्वान भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu