कपिलवस्तुको कृष्णनगरमा लागू औसध चरेस सहित एक महिलालाई प्रहरीले पक्राउ
कपिलवस्तु
कपिलवस्तुको कृष्णनगरमा लागू औसध चरेस सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ बाट आज बिहान १ किलो २५ ग्राम चरेस सहित
रुपन्देही देवदह नगरपालिका वडा नं. ९ शितलनगर घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा बस्ने ३० वर्षीय सरस्वती बी.क. रहेको प्रहरीले जनाएको छ ।
बिहानै चरेस बोकेर भारत जान लागेकी उनलाई प्रहरीले पक्राउ गरेको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट प्र.ना.नि. सुशील के.सी.को कमाण्डमा खटिएको लागुऔषध नियन्त्रण टोलीले सोमबार कृष्णनगर सीमा क्षेत्रमा नेपालबाट भारत पैदल जान लागेकी महिलालाई संकालनगरी चेकजाँच गर्दा शरीरमा लुकाई राखेको अवस्थामा लागुऔषध चरेस फेला परेको हो ।
लागुऔषध चरेस कहाँबाट ल्याएको र कहाँ लैजान भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।