Connect with us
Kapilvast Forest

खोलामा डुबेर युवकको मृत्यु

२०८१, १६ माघ बुधबारमा प्रकाशित

सल्यानमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।
दार्मा गाउँपालिका–३ बाझठानाका २५ वर्षीय काले पाण्डेको स्थानीय दार्मा खोलामा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले खोलामा लुगा धुन गएका पाण्डेको बुधबार दिउँसो १ बजेतिर डुबेर मृत्यु भएको जानकारी दिए।
लुगा धुँदै गर्दा एक्कासी लडेर खोलामा डुब्न पुग्दा मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता बस्नेतले बताए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय दार्माबाट प्रहरी हवल्दार यज्ञबहादुर खड्का नेतृत्वको तीन जनाको टोली र इप्रका थारमारेबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठ नेतृत्वमा पाँच जनाको टोली पुगेर मुचुल्का तयार पारी शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu