Connect with us
Kapilvast Forest

चन्द्रौटा महोत्सवमा आज दुर्गेश थापा

२०८१, १७ माघ बिहीबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-कपिलवस्तु-
नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आज चर्चित गायक दुर्गेश थापा,विक्रम परीयार, शागर थापा, गायिका जिया भुसाल भोजपुरी गायक राजकुमार धवलको बेजोड प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक दीपक पौडेलले जानकारी दिनुभयो ।

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा माघ ९ गतेदेखि सुरु भएको नवौं चन्द्रौटा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा दिनहुँजसो कलाकारले दर्शकलाई मनोरञ्जन दिएका छन् ।

 

बुधबार चर्चित लोकदोहोरी तथा आधुनिक गायक रमेश राज भट्टराई , नरेश खाती , डमोदर बश्याल , गायिका सम्झना रण्पाल , भोजपुरी गायक बिनय नेपालीको बेजोड प्रस्तुतिले दर्शकको घुइँचोे थियो ।

सार्वजनिक बिदाको दिन भएकाले दर्शकको निकै चहलपहल थियो । साथै जेडीसी डान्स ग्रुप ,चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, दैनिक रहेकोे छ ।

महोत्सवमा दैनिक बिहान २ घन्टा योगा सत्र चलिरहेको छ । २०० भन्दा बढी स्टल रहेको महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

“कृषि, पर्यटन, उद्योग र व्यापार स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव माघ २० गतेसम्म चल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu