Connect with us
Kapilvast Forest

चन्द्रौटा महोत्सवमा गायक दुर्गेश थापाको दमदार इन्ट्री

२०८१, १७ माघ बिहीबारमा प्रकाशित

पुनहरी घिमिरे कपिलवस्तु
नवौं चन्द्रौटा महोत्सवको आज नबैैं दिनमा चर्चित गायक दुर्गेश थापाले दर्शकलाई छमछमी नचाएका छन । कता हिँडेको बैनी हट बनेर पट भएर ब्युटी भएर भन्दै गायक दुर्गेग थापा खैरो ज्याकेट, कालो चस्मा लगाएर बडो फुर्तिलोका साथ स्टेजमा देखिए । हेल्लो चनौटा भन्दै दर्शकलाई मोबाईल बाल्न भने तब दर्शकले लाईट बालेर हुटिङ सुरु गरे ।


भिड थेगिनसक्नु थियो माहोल तातेको थियो । पछिल्लो समयको युटयुब टेन्डिङ गीत दुस्मन हेरेको हेरैबाट स्टेज उक्लेका दुर्गेश थापाको क्रेजमा चौरमा युवायुवती निकै झुमेका थिए ।


गीत गाउँदा गाउँदै उनले सुरुमा मास्क र पछि ज्याकेट पनि फुकाले र बनियन मै गाउन थालेका थिए । दर्शकबाट वान्स मोर भनेपछि एउटै गीत उनले ३ पटक दोहोर्‍याएर दर्शकलाई नचाएका थिए ।


हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा गित गाउदै गरेका दुर्गेशले एकाएक ससाना भाईबहिनीहरुलाई समेत स्टेज बोलाएर छम्छमी नचाए ।


साथै उनले क्षेत्रीको छोरो हिरो छ । लगाएका धेरै गीतहरु पनि उत्तिकै उर्जाका साथ गाएका थिए । दुर्गेशका बच्चा देखी बुढा सम्मका फ्यान भएको र आज सार्वजनिक बिदाको दिन भएकाले दर्शकको निकै चहलपहल थियो ।

महोत्सवमा जेडीसी डान्स ग्रुप ,चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, दैनिक रहेकोे छ भने दैनिक बिहान २ घन्टा योगा सत्र चलिरहेको छ । २०० भन्दा बढी स्टल रहेको महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।“कृषि, पर्यटन, उद्योग र व्यापार स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव माघ २० गतेसम्म चल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu