Connect with us
Kapilvast Forest

पिसाब फेर्न जाँदा भिरबाट लडेर चालक मृत्यु

२०७६, १० मंसिर मंगलवारमा प्रकाशित

death

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ सुकौरामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।

बोलेरो चालक इन्द्रसरोवर गाउँपालिका १ मार्खु बस्ने ३२ वर्षीय सुरेश थापामगरको भिरबाट लडेर मृत्यु भएको हो।

मंगलबार बिहान हेटौँडाबाट माछा बोकेर काठमाडौं जादै गरेको बा. २०च ५९९३ नम्बरको बोलेरो गाउँपालिका २ सुकौरास्थित झरना होटलनजिक रोकेर सडक छेउको भिरमा पिसाब फेर्न गएका थापामगरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए। उनको शवलाई पोष्टमार्टमका लागि हेटौँडा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक सिंहले बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu