काम नगर्ने ४ ठेकेदार कम्पनीलाई कालोसूचीमा
काठमाडौं । सरकारले काम नगर्ने ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ।
निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १ देखि २ वर्षसम्म ४ कम्पनीलाई कालोसूचीमा राखेको हो।
कालोसूचीमा पर्नेमा होराइजन विल्डर्स पोखरा, तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स धनगढी, श्रीकृष्ण कन्सट्रकसन र त्याडी निर्माण सेवा जेभी बझाङ र ओम श्री ओम इन्टरप्राइजेज मिनभवन रहेका छन्। तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स धनगढीलाई २ वर्ष र अन्य तीन कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
पोखरा नगरपालिका, स्वास्थ्य निर्देशनालय डोटी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सम्बन्धीत कार्यायलबाट लेखिआए अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको मंसिर ६ को निर्णय अनुसार कालोसूचीमा राखिएको हो।