Connect with us
Kapilvast Forest

जसपा नेपालको अध्यादेश कार्यदलले अर्थविद्सँग छलफल गर्दै, आजै प्रतिवेदन बुझाउने तयारी

२०८१, २३ माघ बुधबारमा प्रकाशित

काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन कार्यदलको बैठक आज पनि बस्दै छ । आज अर्थविदहरुसँग छलफल गर्ने कार्यदलका संयोजक राजकिशोर यादवले बताए । त्यसका लागि दिउँसो एक बजे बैठक बस्ने यादवले बताए ।
कार्यदलले मंगलबार सिंहदरबारमा विज्ञहरूसँग भूमि सम्बन्धी अध्यादेशबारे छलफल गरेको थियो । आज अर्थविदहरुसँग छलफल गरेर शीर्ष नेतृत्वलाई अध्यादेशबारे सुझाव प्रतिवेदन बुझाउने यादवले बताए ।
सरकारले संसद् नरहेका बेला ल्याएका ६ वटा अध्यादेशबारे पार्टीको धारणा बनाउन जसपा नेपालले राजकिशोर यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलको सुझावको आधारमा अध्यादेश स्वीकार गर्ने कि नगर्ने भन्नेबारे जसपा नेपालले निर्णय लिने छ ।
अध्यादेशलाई संघीय संसद्का दुवै सदनले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । माघ २४ गते अर्थात् विहीबार बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा सरकारले ल्याएका अध्यादेशहरु निर्णयार्थ पेस गर्ने तयारी छ ।
विपक्षी दलहरूले भने अध्यादेश अस्वीकृत गर्नका लागि विरोधको सूचना दर्ता गरेका छन् । प्रतिनिधि सभामा ५० वटा र राष्ट्रिय सभामा १६ वटा अस्वीकृतको सूचना दर्ता भएको छ ।
विपक्षमा रहेका दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतले अध्यादेश अस्वीकृत गर्ने भनेर सूचना नै दर्ता गरिसक्दा समेत जसपा नेपालले निर्णय लिन सकेको छैन ।

प्रतिनिधि सभामा सत्तापक्षमा प्रष्ट बहुुमत छ । तर, राष्ट्रिय सभामा जसपा नेपालको मत निर्णायक छ । यसकारण जसपा नेपालले विज्ञहरुसँग परामर्श गरेर नै अध्यादेशबारे निर्णय लिन लागेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu