Connect with us
Kapilvast Forest

चितवनमा दिउँसो रविविरुद्ध मुद्दा दर्ता, बेलुका सरकारी वकिललाई सरुवाको पत्र

२०८१, २३ माघ बुधबारमा प्रकाशित

चितवन

चितवन जिल्लाका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा भएको छ । उनलाई महान्याधिवक्ताको कार्यालय काठमाडौंमा तानिएको छ । उनको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका सरकारी वकिल रवि न्यौपानेलाई पठाइएको छ । चितवनको सहारा सहकारी ठगी प्रकरणका आरोपी रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दायर गरेकै दिन लुइँटेललाई काठमाडौं तानिएको हो । दिउँसो रविविरुद्ध मुद्दा दर्ता भएको थियो बेलुका करिब सात बजेतिर लुइँटेलले काज सरुवाको पत्र पाएका थिए ।
सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिए पनि लुइँटेलको डेढ वर्ष नपुग्दै काज सरुवा गरिएको स्रोतले बतायो । ‘बढुवा भएर जानेबाहेक सामान्यतया दुई वर्ष नपुग्दै सरुवा हुँदैन । उहाँले अघिल्लो वर्ष कात्तिक २० गतेदेखि चितवनमा जिम्मेवारी सम्हाल्नु भएको थियो,’ स्रोतले भन्यो, ‘२०८१ माघ २२ गते बेलुका सात बजेतिर काज सरुवाको चिठी आयो ।’

चितवनमा रविविरुद्ध ठगी मुद्दा मात्रै, छविसहित १२ जनालाई भने संगठित अपराध पनि
महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार उनले गरेको अभियोजनमा केही प्रश्न उठेपछि जिम्मेवारी हेरफेर भएको हो । ‘यस्तो भयो भने पहिले पनि जिम्मेवारी फेरबदल गर्ने चलन थियो,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘यो पटक पनि त्यही भएको देखिन्छ ।’ महान्यायाधिवक्ता बडालले भने- मेरो कुनै कमेन्ट छैन महान्यायाधिवक्ता बडाल भने यसबारे बोल्न चाहेनन् । ‘यसमा मेरो कुनै कमेन्ट छैन,’ बडालले अनलाइनखबरसँग भने, ‘यसबारे प्रवक्तालाई सोध्नुहोला ।’ बडाल बोल्न नचाहेपछि महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता एवम् सहन्यायाधिवक्ता सूर्यराज दाहालले चितवनको मुद्दा मंगलबार दर्ता भएकोसम्म आफू जानकार भएको बताउँदै अरु कुरा थाहा नभएको प्रतिक्रिया दिए । रविविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा ठगी आरोपमा मात्रै मुद्दा दर्ता भएको थियो । कास्की, काठमाडौं र रुपन्देहीका सहकारी संस्थाको रकम अनियमिततामा पनि मुछिएका रविलाई ती जिल्लामा संगठित अपराध र ठगी दुवै अभियोग लगाइएको थियो ।

रविले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित दुवै अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मागदावीसहित मुद्दा चलाइएको लुइँटेलले मंगलबार पत्रकारहरुलाई जानकारी दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu