कपिलवस्तुमा ब्राउनसुगर सहित २ पक्राउ
कपिलवस्तुकाे कृष्णनगरबाट लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विजयनगर गाउँपालिका-४ बरगदवाका २८ वर्षीय मतिउल्ला मुसलमान र गाउँपालिका- ३ कडिहारका २५ वर्षीय मैराज अहमद रहेका छन् ।
प्रहरीले मतिउल्ला मुसलमानकाे साथबाट ८ सय २० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६१ प ८५५४ नम्बरको माेटरसाइकललाई भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा ब्राउन सुगर र उनीहरु सवार माेटरसाइकलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
पक्राउ परेका मतिउल्ला मुसलमान र मैराज अहमदलाई जिल्ला अदालतबाट १० दिनकाे म्याद थप भई अनुसन्धान कार्य भइरहेको उनले जनाए ।