Connect with us
Kapilvast Forest

दशगजाबाट गम्भीर घाइते अवस्थामा एक नेपालीको उद्धार

२०८१, २६ माघ शनिबारमा प्रकाशित

रौतहट

रौतहटको सदरमुकाम गौरसँग सिमाना जोडिएको भारतीय बजार बैरगनिया छेउको दशगज्जाबाट गएराति घाइते अवस्थामा एकजना नेपालीलाई प्रहरीले उद्धार गरेको छ । धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा गौर नगरपालिका १ का २५ वर्षीय अजित कुमार पासवानलाई बैरगनिया सीमाको दशगजाबाट फेला पारी उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।पासवानको छातीको बायाँ भागमा चोट लागेको छ । घटना सम्बन्धी अन्य अनुसन्धान कार्य भई रहेको एसपी घिमिरेले जानकारी दिए।शुक्रवार राती करिब ९ बजेको समयमा गौर १ दशगजास्थित  भारतबाट नेपाल तर्फ आउँदै गर्दा दश गजा क्षेत्रमा  भारत पट्टि भारतीय सीमा सुरक्षा बल एसएसबीले पासवानलाई घाइते अवस्थामा फेला पारी भन्सार सुरक्षा गार्ड गौरलाई बुझाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu