Connect with us
Kapilvast Forest

जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते

२०८१, २६ माघ शनिबारमा प्रकाशित

रुकुमपूर्व

रोल्पाको घर्ती गाउँबाट होलेरी जाने क्रममा त्रिवेणी गाउँपालिका–७ नन्दीखोला नजिकै शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार घर्ती गाउँबाट दाङ जाने लु १ च ९४०६ नम्बरको जिप दुर्घटना हुँदा रोल्पाको गङ्गादेव गाउँपालिका–२ का २९ वर्षीया सीता खड्काको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुने महिला रुन्टीगढी गाउँपालिका–९ स्थित जनकल्याण माविका शिक्षिका हुन् ।

दुर्घटनामा परी शिक्षिकामा दुई छोरा घाइते भएका छन् । ३ वर्षीय सौरभ ओली र  १८ महिनाका सुप्रिम ओली गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घटनास्थल पुग्नु भएका रोल्पाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रोहितकुमार शाहीले दुवै बालकको उपचार र हेरचाहका लागि दाङ पठाइएको जानकारी दिनुभयो । गाडी चालक भने फरार छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu