चितवनको सेतीदोभानमा बस दुर्घटना भएको छ। बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलबाट करिब २० मिटर तल खोल्साामा खसेको हो। बस बिहान ४ बजेर ४० मिनेटमा दुर्घटनामा परेको चितवन प्रहरीले जनाएको छ।
गाडीमा २९ जना रहेको र २० जनाको उद्धार गरी उपचारका लागि भरतपुर पठाएको प्रहरीले बताएको छ। बाँकी यात्रुको उद्धार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।