Connect with us
Kapilvast Forest

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

२०८१, २७ माघ आईतवारमा प्रकाशित

चितवन 

चितवनमा खसीबोका बोकेको मिनीट्रक दुर्घटना भएको छ । बिहान करिब साढे ६ बजेको समयमा भएको दुर्घटनामा १९ वटा खसी बोका मरेका छन् । प्रहरीका अनुसार उक्त मिनीट्रकमा बर्दियाबाट एक सयभन्दा बढी खसी बोका काठमाडौंतर्फ लगिइँदै थियो ।इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको मिनिट्रक दुर्घटना भएको हो । भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा दुर्घटना भएको थियो ।

आज बिहान नै चितवनमा नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेतीदोभानमा दुर्घटना भएको थियो । बिहान साढे ४ बजे २८ जना सवार बस दुर्घटना हुँदा २५ जना घाइते भएको जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu