Connect with us
Kapilvast Forest

खानेपानी सम्बन्धी लुम्बिनी प्रदेशस्तरीय कार्यशाला गोष्ठी

२०८१, २८ माघ सोमबारमा प्रकाशित

कपिलवस्तु
नेपाल खानेपानी संस्थान तौलिहवा शाखामा लुम्बिनी प्रदेश स्तरिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिद्वारा आयोजित १ दिने कार्यशाला गोष्ठी उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले उपभोक्ताको स्वच्छ पानी पिउने अधिकारलाई संस्थानले गम्भिर भएर ध्यान दिन आग्रह गरे । तौलिहवा स्थित कपिलबस्तु नगरपालिकाको सभाहलमा भएको गोष्ठीमा प्रमुख अतिथि महरले खानेपानी संस्थान मात्र नभई अन्य सेवामुलक सार्वजनिक संस्थानहरुको स्तर उन्नति तथा दीगो व्यवस्थापनको लागि नेपाली कांग्रेस पार्टीले हरप्रकारको सहयोग गर्न तयार रहेको बताए । उनले खानेपानी संस्थानमा कर्मचारी सेवा शर्त विनियमावली छिटो ल्याउन सरकारलाई आग्रहसमेत गरे ।कर्मचारी संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको गोष्ठीमा लुम्बिनी प्रदेशका बुटवल, भैरहवा, तौलिवहा, कृष्णनगर, बहादुरगञ्ज, नेपालगञ्ज शाखा र बुटवल खानेपानी आयोजना समेतलाई केन्द्रमा राखेर संस्थानको सेवा प्रवाह, आगामी योजना र आयोजना, लक्षित उपभोक्ता, थप सेवा विस्तार तथा समग्र संस्थान हित, चुनौति र अवसर विषयमा छलफल भएको थियो । कार्यक्रम संयोजक एवं कर्मचारी संघका उपाध्यक्ष सर्जुन केसीले स्वागत व्यक्त गरेको सभा कर्मचारी संघका केन्द्रीय सदस्य अनिल शर्मा सुवेदीले सञ्चालन गरेका थिए । गोष्ठीमा खानेपानी संस्थान बुटवल शाखाका प्रमुख ईं. मोहनदत्त भट्ट, भैरहवा शाखाका प्रमुख ईं रामचन्द्र लामिछाने, वुटवल आयोजनाका प्रमुख ई.मन्दिप श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा बुटवल शाखाका ईं अजयकुमार साह, नेपालगञ्ज शाखा प्रमुख हरिकुमार श्रेष्ठ, कृष्णनगर/बहादुरगञ्जका प्रमुख रमेश मग्राती र तौलिहवा शाखाका प्रमुख दिपेन्द्रकुमार देवले सहजीकरण गरेको तौलिहवा शाखाका कर्मचारी राजकुमार चौधरीले जानकारी दिए । कार्यशाला उद्घाटन सभामा नेपाली कांग्रेस कपिलबस्तुका जिल्ला सभापति अब्दुल कलामले निर्माण भएका संरचनाबाट उपभोक्तालाई सेवा दिन संस्थान तयार हुनुपर्नेमा जोड दिएका थिए । नगरप्रमुख समेत रहेका कलामले आफूले हरप्रकारको सहयोग गर्न तयार रहेको बताउँदै तौलिहवामा स्वच्छ खानेपानी सर्वंसुलभ उपलब्ध गराउन संस्थानलाई आग्रह गरेका थिए ।नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठले कर्मचारी संघले गरेको कार्यको प्रसंशा गर्दै उपभोक्ताको मन जित्न नयाँ नयाँ योजना ल्याउन संस्थानलाई आग्रह गरे । उनले उपभोक्ता समितिको जस्तो पावर खानेपानी संस्थानसँग नभएको जिकिर गर्दै सार्वजनिक संस्थानहरुको भविष्य माथि प्रश्नचिन्ह खडा हुँदै गएको उल्लेख गरे । कार्यक्रममा नेपाल सार्वजनिक सेवा कर्मचारी संघका लुम्बिनी प्रदेश अध्यक्ष विनु पान्डेले कर्मचारी एकतामा जोड दिँदै प्राप्त गर्नु पर्ने अधिकारलाई युनियनहरु सधै लडिरहनु पर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाल खानेपानी संस्थान स्वतन्त्र कर्मचारी संघका केन्द्रीय अध्यक्ष झगबहादु डाँगीले यस्ता कार्यक्रम शाखामा भन्दापनि केन्द्रमै राखेर दवाव सिर्जना गर्नु पर्ने बताए । कार्यक्रममा खानेपानी डिभिजन कार्यालय तौलिहवाका सव–इन्जिनियर बलिराम कुमार यादव, तौलिहवाका कार्यालय प्रमुख दिपेन्द्रकुमार देव लगायतले बोलेको तौलिहवा शाखाका लेखा प्रमुख देवकुमारी प्याकुरेलले जानकारी दिइन् । सभा समापन गर्दै कर्मचारी संघका अध्यक्ष केदार धमलाले कर्मचारी संघले संस्थान जोगाउन, उपभोक्ता मैत्री बनाउन, अनुशासित कर्मचारी तयार गर्न, तालिमलाई व्यवस्थित बनाउन, कार्यरत कर्मचारीलाई कार्यालयको जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै आएको बताएका थिए । अध्यक्ष धमलाले संस्थान हिजो भन्दा आज राम्रो हुनु पर्नेमा आज भन्दा भोली नराम्रो र कमजोर बन्नु दुःखद भएको उल्लेख गरे । संस्थान व्यवस्थापनले कर्मचारीलाई काखा र पाखा गरेको स्मरण गर्दै अधिकारको दुरुपयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu