Connect with us
Kapilvast Forest

नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना, चालक त्रिशुलीमा बेपत्ता

२०८१, २ फाल्गुन शुक्रबारमा प्रकाशित

नारायणगढ

नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ११ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता भएका छन्।

बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक मोटरसाइकल नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीरमा दुर्घटना भएको हो।  सडक छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक त्रिशूलीमा खसेको स्थानीयले बताएका छन् ।

सो घटनापश्चात चालकको खोजी र उद्दारका लागि नेपाल प्रहरी, सशस्त्रको गोताखोरको टोली परिचालन भइसकेको छ । हालसम्म चालकको एकिन पहिचान हुन नसकेपनि उनको झोलाबाट प्रहरीले केही परिचयपत्र फेला पारेको छ जहाँ रोहित राना नाम उल्लेख गरिएको छ । प्रहरीले बेपत्ता चालकको पहिचान निक्र्यौल गर्ने प्रयास भइरहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu