Connect with us
Kapilvast Forest

२५ किलो सुन चोरी पैठारी गर्ने ७ जनाविरुद्ध मुद्दा दायर

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

काठमाडाैं- २५ किलोे सुनसहित पक्राउ परेका संखुवासभाका तोप्के भोटेसहित ७ जना विरुद्ध राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गरेको छ।विभागले ३० करोड २६ लाख ५० हजार बिगो कायम गर्दै मंगलबार संखुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले चेकजाँचका क्रममा तोप्के भोटेको शरीर तथा उनले बोकेको झोलाबाट बिना बिलबिजक लुकाइछिपाई ल्याएको ५ किलो सुन बरामद गरेको थियो

पक्राउ परेका तोप्के भोटेमाथि थप अनुसन्धान गर्दैजाँदा रिन्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेसमेत सुन तस्करीमा संलग्न रहेको खुलेको विभागले जनाएको छ।

उनीहरुले त्यसअघि पनि पटकपटक ५/५ किलोका दरले सुन चोरी पैठारी गरेको विभागको दाबी छ। विभागका अनुसार पक्राउ परेका व्यक्तिले आपसी मिलेमतो गरी सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरी ल्याएको देखिएको तथा एक अर्काको बैक खातासमेत प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ। पक्राउ पर्नुभन्दा पहिले चार पटकसम्म यस्तै प्रकृतिको सुन भन्सार चोरी पैठारी गरेको देखिएको हो।

पक्राउ परेका ७ जनाविरुद्ध विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कसुर गरेको भन्दै २५ किलो सुनको जम्मा मूल्य १५ करोड १३ लाख २५ हजार बराबरको राजस्व चुहावट गरेको विभागले दायर गरेको आरोपत्रमा उल्लेख छ।बिगो असुल र बिगोको तेब्बरसम्म जरिवानासहित माग गर्दै मुद्दा दायर गरिएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu