Connect with us
Kapilvast Forest

कपिलवस्तुको महाराजगन्जमा अख्तियारको अन्तरक्रिया सम्पन्न

२०८१, २ फाल्गुन शुक्रबारमा प्रकाशित

निजामुद्दिन खान, कपिलवस्तु-

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका कार्यालय प्रमुख सह-सचिव राजेन्द्र कुमार पौडेलले सुशासन कायम गर्न आयोगले चालेका कदम र भ्रष्टाचार नियन्त्रणको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा सुशासन कायम हुँदै गइरहेको छ, जसका लागि सबैको सहकार्य आवश्यक छ ।”

महाराजगन्ज नगरपालिकाकी नगर उपप्रमुख रीता कुमारी कुर्मीले भ्रष्टाचारमुक्त पालिका निर्माणको अभियानमा रहेको बताउँदै स्थानीय तहको सक्रिय भूमिकाबारे जोड दिनुभयो ।

त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले अख्तियारद्वारा आयोजित यस्तो कार्यक्रमले सुशासन प्रतिको चेतना अभिवृद्धि गरेकोमा आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा अख्तियारको उपसचिव गिता आचार्यले भ्रष्टाचारको अर्थ, कारण, र यसका असरबारे विस्तृत जानकारी दिनुभयो। उहाँले भ्रष्टाचार नियन्त्रणका उपायबारे पनि सुझाव प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, र नागरिक समाजका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

सहभागीहरूले यस्ता कार्यक्रमले स्थानीय तहमा सुशासन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu