Connect with us
Kapilvast Forest

देशैभरका गाउँपालिकामध्ये कालीगण्डकी उत्कृष्ट

२०८१, ३ फाल्गुन शनिबारमा प्रकाशित

पाल्पा-

देशैभरिका गाउँपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा ७८.२ प्रतिशत अंक सहित कालीगण्डकी गाउँपालिका प्रथम भएको हो। स्याङ्जा जिल्लाको विकटमा कालीगण्डकी गाउँपालिका पर्छ। देशभरि ४६० गाउँपालिका छन्। यी गाउँपालिकामध्ये कालीगण्डकी गाउँपालिका र धादिङको नेत्रावती गाउँपालिकाले उत्कृष्ट नम्बर प्राप्त गरेको वित्त आयोगले जनाएको छ।

गण्डकी प्रदेशमा भने नगरपालिकासहित सबै स्थानीय तहमध्ये नै कालीगण्डकी गाउँपालिका उत्कृष्ट बनेको छ। गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले गरेका कार्य सम्पादनको मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको हो। स्याङ्जाकै आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंक प्राप्त गर्दै द्वितीय र फेदिखोला गाउँपालिका ७७.९ अंक प्राप्त गर्दै तृतीय भएका छन्।

देशभरिका ७५३ वटा स्थानीय तहमध्ये पनि कालीगण्डकी गाउँपालिकाले चौथो स्थान प्राप्त गरेको छ। ​स्याङ्जाकै आँधीखोला गाउँपालिका देशभरिबाट पाचौँ बनेको छ। स्थानीय तहबीच सकारात्मक प्रतिस्पर्धा होस् भन्ने उद्देश्यले आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार मूल्यांकन गर्छ।

आर्थिक वर्षको राजस्व र आय-व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए वा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसहितका विभिन्न सूचकमा मूल्याङ्कन हुन्छ। यो नतिजाले अझै बढी काम गर्ने हौसला मिलेको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। उनी गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत हुन्। गाउँपालिका अध्यक्षमा थापाको यो दोस्रो कार्यकाल हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu