Connect with us
Kapilvast Forest

खोटाङको हलेसीमा भीषण आगलागीबाट तीन घर जलेर नष्ट

२०८१, ५ फाल्गुन सोमबारमा प्रकाशित

खोटाङ –

खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः  नष्ट भएको छ।

आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न सुरू भएको थियो। आगो २ घण्टापछि नियन्त्रणमा लिइएको थियो।  हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईका अनुसार  स्थानीय नागरिक, सुरक्षाकर्मी लगायतले आगो नियन्त्रण्मा लिएका हुन्।

स्थानीय पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट  आगो सुरु भएको थियो। पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ। राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि जलेको छ। नजिकै रहेको प्रकाशचन्द्र गिरीको घरमा पनि क्षति पुगेको बताइएको छ। आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu