Connect with us
Kapilvast Forest

मायादेवी- ३ का कृषकलाई सिंचाइका लागि ट्यांकी वितरण

२०८१, ५ फाल्गुन सोमबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-

कपिलवस्तुको मायादेवी गाउँपालिकाको वडा नं. ३ फुलिका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी वितरण गरिएको छ ।

एक कार्यक्रमबीच वडा कार्यालयमा १ सय ३२ जना कृषकलाई सिंचाइ व्यवस्थाका लागि स्प्रे ट्यांकी प्रदान गरिएको वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले किसानले लगाएको बालीको उत्पादब वृद्धि गर्न कृषि सामाग्री वितरण गरेको बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य रामबुझ यादव, ईन्द्र कुमार थारु, शिवकुमारी रैदास, वडा सचिव नन्दलाल कोहार, प्राविधिक शिवशंकर कुर्मी, पशु प्रविधिक युवराज घिमिरे, कम्प्युटर अपरेटर रामनारायण यादव तथा समाजसेवी राजेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

वितरण कार्यक्रममा सहभागी कृषकहरूले खुशी व्यक्त गर्दै सिंचाइको समस्या समाधानमा यसले सहयोग पुग्ने बताए ।

यसअघि पनि वडाले तरकारी बीउ, घाँसको बीउ र कृषि पशुपालक किसानहरूलाई निःशुल्क अनुदान वितरण गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu