Connect with us
Kapilvast Forest

एमालेबाट निर्वाचित बन्दीपुर–६ का वडाध्यक्षले सचिव कुटे, कर्मचारीको दबाबपछि पक्राउ

२०८१, ६ फाल्गुन मंगलवारमा प्रकाशित

वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । घटनाको आठ घण्टापछि प्रहरीले वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको छ ।

प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार सोमबार बिहान कार्यालय आएर वडाध्यक्षले नौ माघमा सञ्चालन भएको वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न भनेका थिए । जवाफमा सचिव भुसालले कार्यक्रम स्वीकृत नगरिएकाले र शीर्षक नखुलाई आएकाले विल स्वीकृत गर्न नसक्ने बताएका थिए ।

त्यसपछि जंगिएका वडाध्यक्ष गुरुङले ‘ठूलो कुरा गर्छस्, मलाई चिनेको छैनस्, मैले भनेपछि बिल पास गर्न के हो गाह्रो ?’ भन्दै धम्क्याएका थिए ।तेस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिताको अनुमानित लागत तयार नगरिएकोले शीर्षक र खर्च खुलाएर ल्याउन वडासचिव भुसालले अध्यक्षलाई आग्रह गरे । यत्तिकैमा वडाध्यक्ष गुरुङले वडासचिवको घाँटी अठ्याएर तीन झापड हानेको प्रत्येक्षदर्शी एक कर्मचारीले बताए ।

वडासचिवको घाँटी र गालामा निल डाम छ । उनलाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए ।

‘बिलको विषयमा विवाद भएपछि वडाध्यक्षज्यूले घाँटी अठ्याएर झापडसमेत हानेको भन्ने छ । वडासचिवलाई थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको छ,’ अधिकृत आचार्यले भने, ‘वडाध्यक्षविरुद्ध इलाका प्रहरी कार्यालय बन्दीपुर, जिल्ला प्रशासन कार्यालय तनहुँमा उजुरीसमेत दिइसकेका छौं ।’जिल्ला प्रहरी कार्यालय तनहुँले भने भलिबल कोर्टको विवादसमेत हुँदा हातपात भएको जानकारी आएको बताएको छ ।

‘वडासचिवलाई उपचारका लागि पठाइएको छ र वडाध्यक्षलाई नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी राजु अधिकारीले अनलाइनखबरसँग भने, ‘उजुरी परेको भए पनि कुन कानुनअनुसार प्रक्रिया अगाडि बढाउने भन्ने एकीन भइसकेको छैन ।’पक्राउ पर्नुअघि वडाध्यक्ष गुरुङले  मुखले नमानेपछि हातले जवाफ दिएको प्रतिक्रिया दिएका थिए । उनी आफैंले तीन झापड हानेको स्वीकारसमेत गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यले वडाध्यक्ष कप र भलिबल कोर्टको विषयसमेत आएकाले बिल कति रुपैयाँ बराबरको थियो र नमिलेको कुन विषय हो भन्ने पुष्टि हुन बाँकी रहेको बताए ।

कारबाही गर्न कर्मचारीको माग

गाउँपालिकाका कर्मचारीहरूले वडासचिवमाथि घाँटी नै अठ्याएर र हातपातसमेत भएकाले कडा कारबाहीको माग गरेका छन् । उनीहरूले ज्यानै मार्ने गरी आक्रमणमा उत्रिएका वडाध्यक्षलाई जोगाउन राजनीतिक दबाब आउन सक्ने आशंका व्यक्त गरे ।

वडाध्यक्ष गुरुङ एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । भुसाल गण्डकी प्रदेशबाट सिफारिस भई यही दसैंपछि मात्र बन्दीपुरमा हाजिर भएर वडासचिवको जिम्मेवारी सम्हालेका थिए ।

‘सचिव भुसालज्यूको पहिलो नियुक्ति नै बन्दीपुरमा हो । उहाँलाई बुझ्न, जान्न पनि सायद बाँकी नै होला,’ भुसालभन्दा अगाडि वडासचिव बनेर काम गरेकी सुनिता चापागाईंले बताइन् ।

अध्यक्ष गुरूङले आक्रमण गरेपछि सचिव भुसाल फुत्किएर भाग्न सफल भएको त्यही वडाका कर्मचारीले बताएका छन् । वडाध्यक्ष गुरुङले भने अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदा सचिव विदामा रहेको र फर्किएर आएपछि बिल पास गर्न आग्रह गर्दा कमिसन खोजेको आरोप लगाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu